नियम ४१
कोषको व्यवस्थापन र सञ्चालन
(१) कोषलाई आवर्ति (रिभल्वीङ्ग) कोषको रूपमा सञ्चालन गरिनेछ ।
(२) कोषमा जम्मा भएको रकम सञ्चालक समितिले तोकेको बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) उपनियम (२) बमोजिम खोलिएको खाताको सञ्चालन सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।